छायाँ

मेरो बिहान ५ बजे देखी duty सुरु हुन्थ्यो। म पाटनमा बस्थेँ र जहिलेइ बिहान शंखमुलको मान्छे पोल्ने घाट हुँदै काममा जान पर्थयो। बिहानको समय मा त्यो बाटो मा हिद्द्न मलाई सधैं डर लाग्थ्यो, तर त्यो दिन सम्म मैले केही पनि महशुस गरेको थिएन। एक दिन मेरो bike भाईले लगेको थियो र म काममा हिद्दै जान पर्ने भयो। Morning shift मा बिहान ५ बजे office पुगी सक्नु पर्ने थियो र त्यो बाटोमा बिहान गाडी पनि नचल्ने भएकाले म बिहान ४ बजे तिरनै घरबाट हिँडएँ। जाडोको मौसममा बिहान ४ बजे सडक सुन्सान थियो र मान्छेहरु पनि थिएनन् । म आफ्नो mobile को torch बलेर हिडिरहेको थिएँ। शंखमुलको घाट कटेपछी बाटोमा खम्बाहरुमा बत्ती बली रहेको थियो, त्यसैले मैले आफ्नो mobileको torch निभाएँ र हिडन थालेँ। घाट कटेर आली आगाड आएपछी मैले मेरो पछी-पछी कोही हिँडि रहेको जस्तो महसुस गरेँ। एकछिनपछी मैले "छम छम" पाउजुको आवाज सुनेँ । म हिँड्न छोड्एँ र उभिएर पछाडि हेरेँ तर त्यहाँ कोही पनि थिएन र पाउजुको आवाज पनि रोकियो। म फेरी हिड्न थालेँ र म हिँड्न सुरु गर्ना साथ् पाउजु को आवाज फेरी बजन थालयो। म फेरी रोकिएँ र म रोकिनु सँगै पाउजु को आवाज पनि रोकियो। म डरले थुर थुर भएँ र फेरी हिंड्न थालए। पाउजुको आवाज फेरी बज्न थालयो तर मैले त्यस आवाज तिर ध्यान नदी आगी बढी रखेँ। अली अगाडि पुगे पछी एउटा बिजुलिको खम्बा आयो र तेस खम्बामा बत्ती बली रहेको थियो। म अघी बड्दै गएँ र त्यस खम्बाको नजिक पुगेपछी मैले मेरो छाया देख्एँ। तर, मेरो छायाको पछाडि आर्को पनि छाया थियो। मैले पछाडि फर्केर हेर्ये तर त्यहाँ कोही पनि थिएन। म रोकिदा छाया पनि रोकिने र म हिँडदा छाया पनि हिडि रहेको थियो । म डरले काम्न थालयएँ र अब के गर्ने भन्ने कुर मेरो दिमाग मा आही रहेको थिएन । मलाई हल्का फुल्का मन्त्रहरु आउथ्यो र मलाई मेरो हजुरबुवाले पनि एक्-दुइटा मन्त्रहरु सिकाउनु भएको थियो । मैले तेही मलाई आउने जती मन्त्रहरु आँखा चिम्लिएर जप्ये र आँखा खोल्दा मेरो पछाडि रहेको छाया हराइसकेको रहेछ। म हिंड्न थालये र पाउजु को आवाज आउन पनि बन्द भयो। आज पनि त्यो बाटो हिँड्दा तेस्तै छाया देखिने हो कि भन्ने त्राश मेरो मनमा सधैं नै पैदा हुन्छ।

Comments

Popular Posts